श्रीमती हत्या गर्ने पक्राउ



बर्दिया,१७ जेठ/ बर्दियाको बाँसगढीमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–७, बाबनपुरका श्रीमतीको हत्या गरी फरार रहेका ३७ वर्षीय दशरथ एैरलाई इलाका प्रहरी कार्यालय बाँसगढीले मंगलबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी नायव निरीक्षक रबिलाल अस्लामीको सक्रियतामा हत्या आरोपमा फरार अभियुक्त एैरलाई भारतको मटै भन्ने ठाँउमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरी बाँसगढी ल्याइएको छ ।

पक्राउ परेका एैरका बारेमा जिल्लामा जानकारी गराएको र आवश्यक कारवाही अगाडि बढाइने प्रहरी नायव निरीक्षक अस्लामीले बताए ।

यही जेठ ७ गते श्रीमतीसँग सामान्य विवाद हुँदा फलामको रडले श्रीमती छोटनी एैर भनिने २९ वर्षिया निर्मला यादवलाई टाउकोमा हिर्काउँदा घाइते बनेकी यादवको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनका तीन सन्तान छन् । श्रीमतीलाई फलामको रडले हिर्काएर घाइते बनाएसँगै दशरथ फरार थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १७ गते बिहीबार