६ जुवाडे पक्राउ



नेपालगन्ज,१७ जेठ/  बाँके प्रहरीले नेपालगन्ज सुर्खेत रोडस्थित होटल ग्यालेक्सी दरबारबाट ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक रणबहादुर बिष्टले दिएको जानकारी अनुसार बुधबार दिउँसो करिब साढे १ बजे सो होटलको कोठा नं. २१० मा जुवा खेल्दै गरेका ६ जना जुवाडे र उनीहरुको साथमा रहेको ७० हजार ८ सय १० रुपैयाँसमेत बरामद गरिएको छ ।

प्रहरी निरीक्षक बिष्टले पक्राउ परेका जुवाडेमाथि अनुसन्धान सुरु भएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १७ गते बिहीबार