आयुर्वेद औषधालय नगर कमिटी गठन



कोहलपुर,१७ जेठ/  कोहलपुरमा आयुर्वेद औषधालय सञ्चालन समिति गठन गरिएको छ । बुधबार कोहलपुर नगरका प्रमुख लुटबहादुर रावतको उपस्थितिमा औषधालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको आयुर्वेद औषधालय कोहलपुर प्रमुख उदीप श्रेष्ठले जानकारी दिए ।

आयुर्वेद औषधालय केन्द्रीय विभागको निर्देशनअनुसार कोहलपुरमा समेत समिति गठन गरिएको हो । कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा कृष्णकुमारी चालिसे चयन भएकी छन् ।

त्यस्तै सदस्यहरुमा अञ्जना धिताल, गोविन्दराज श्रेष्ठ, सपना शाही र मनिराम रिमाल चयन भएको समितिका सदस्य सचिव तथा आयुर्वेद औषधालय कोहलपुर श्रेष्ठले जानकारी दिए ।

समिति गठनपछि सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख तथा आयुर्वेद औषधालयका संरक्षक लुटबहादुर रावतले आयुर्वेदिक चिकित्सा पद्धतिको विकासका लागि नगरपालिका कार्यालय गम्भीर रहेको भन्दै थप सेवा विस्तारमा ध्यान दिन आग्रह गरे ।

उनले स्टिम बाथ पद्धति तथा शिरोधार्य विधिद्वारा गरिने उपचार निकै प्रभावकारी रहेको बताए । यसलाई थप व्यवस्थित गरी सबैको पहँुचमा पु¥याउन आवश्यक रहेको उनको भनाइ छ ।

पछिल्लो समय आयुर्वेद उपचार प्रति बिरामीको विश्वास बढ्दो रहेकाले आयुर्वेद उपचार पद्धतिलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १७ गते बिहीबार