कोहलपुर,१६ जेठ/ बाँकेको कोहलपुर नगरपालिका—११ स्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा मंगलबारदेखि महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत महिला नेतृत्व विकास सम्वन्धी पाँच दिने तालिम सुरु भएको छ ।
कोहलपुर नगरपालिकाको सहयोग र दियालो परिवार कोहलपुरको आयोजनामा सञ्चालन गरिएको तालिमको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख रावतले तालिमबाट महिलाहरुको क्षमताको विकास हुनुका साथै समाजका नेतृत्व गर्न सक्ने बताए । साथै महिलाहरुको क्षमताको विकासका लागि तालिमले सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।
तालिमको शिवलाल पाण्डेले सहजीकरण गरिरहेका छन् । १९ गते सम्म सञ्चालन हुने तालिममा महिलाहरको नेतृत्व गर्ने क्षमताका विषयमा प्रशिक्षण दिइने बताइएको छ ।
तालिमको उद्घाटन सत्रमा कोहलपुर नगरपालिका वडा नं.१ का वडाध्यक्ष गोपी खनाल, वडा नं.८ का वडाध्यक्ष रेशम खत्री, वडा नं.१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का, कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वली, भिम बहादुर नेपाली लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्