कोहलपुर,१४ जेठ/ अत्याधिक गर्मी बढेपछि बाँकेको कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरू एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
सोमबार बसेको कोहलपुर नगरपालिका शिक्षा शाखाको बैठकले नगरभित्रका सामुदायिक तथा संस्थागत निजी विद्यालय एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको हो ।
यही जेठ १६ देखि २२ गतेसम्म नगरभित्रका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको शिक्षा समिति संयोजक निम बहादुर चलाउने जानकारी दिए ।
अत्याधिक गर्मी बढ्दै गएपछि विद्यार्थीहरुलाई दिउँसोको समयमा विद्यालयमा बस्न गाह्रो हुँदै गएको र स–साना बालबालिकाहरुलाई गर्मीका कारण समस्या देखिन थालेपछि वर्षे विदाको समयमा कटौती गर्ने गरी विदा गर्ने निर्णय गरिएको चलाउनेले बताए ।
कोहलपुर क्षेत्रमा २९ सामुदायिक र ३२ संस्थागत विद्यालय रहेका छन् । चर्को गर्मीका कारण कोहलपुर, नेपालगन्ज, खजुरा लगायतका क्षेत्रको जनजिवन प्रभावित भएको छ ।









प्रतिक्रिया दिनुहोस्