1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

जेष्ठ नागरिकलाई सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १४, २०७५  

नेपालगन्ज,१४ जेठ/   नेपालगन्ज उप–महानगरपालिकाको लक्षित वर्ग क्षेत्र विकास कार्यक्रम अन्तरगत वडा न १० मा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा न १० वडा समितिको कार्यालयले वडा न १० का ८० वर्ष भन्दा माथिका २५ जनालाई दोसल्ला, प्रमाणपत्र सहित सम्मान गरेको हो । जेष्ठ नागरिकको समाजप्रतिको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप उपहारसहित सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई दोसल्ला, छाता र प्रमाणपत्र सहित सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख डा. धवल शम्शेर राणाले जेष्ठ नागरिकको अनुभवलाई विकासमा सदुपयोग गर्न आग्रह गरे ।

वडा अध्यक्ष विन्दुभुषण बस्नेतले आगामी दिनमा जेष्ठ नागरिकका लागि थप वजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । वडा सदस्य नरबहादुर विष्टद्धारा सञ्चालन गरिएको कार्यक्रममा, जेष्ठ नागरिकहरु कृष्णमान श्रेष्ठ, विष्णु प्रसाद अर्याल, समाजसेवी गोपी चन्द्र वर्णवाल, वडा सदस्य बसन्ता जोशी लगायतले आफ्ना अनुभव सुनाउँदै जेष्ठ नागरिप्रति सम्मान प्रकट गरेका थिए ।

 

प्रकाशित मितिः सोमवार, जेष्ठ १४, २०७५     7:56:08 AM  |