कोहलपुर,१३ जेठ/ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा शुक्रबार देखि सुरु भएको २ दिने महिला नेतृत्व सीप तथा क्षमता विकास तालिम
शनिबार सम्पन्न भएको छ ।
मिसन मल्टिमिडीयाको प्राल िआयोजना तथा राप्तीसोनारी गाउँपालिका वडा नं ९ वडा कार्यालयको सहयोगमा सञ्चालन गरिएको तालिमको समापन सत्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष महाविर ओलीले तालिमका सिकेका कुराहरु व्यवहारमा उतार्न सकेमा मात्र तालिमको सार्थकता हुने बताए । तपाईहरु तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न जरुरी छ उनले भने ।
तालिमको समापन सत्रमा बोल्दै बाँके राष्ट्रिय निकुञ्ज ढकेरी रेञ्ज पोष्टकी प्रमुख गेमस्काउट देउरुपा परियारले महिलाहरुको हरेका तहमा नेतृत्व आवश्यक पर्ने भएको हुँदा आफैंले तालिममा सिकेका कुराहरु लागु गर्दै समाजमा नेतृत्व गनुृपर्ने बताईन ।
तालिमकी सहभागी झम्पा गौतमले तालिमबाटै निकै प्रभावकारी कुरा सिकेको बताउँदै तालिमले उद्घोषण र समाज नेतृत्वमा सहयोग पु्¥याएको बताईन ।
त्यस्तै जनशक्ति आधारभुत विद्यालयका शिक्षकले तालिमबाट प्राप्त गरेका ज्ञान सिपलाई सहभागीहरुले वास्तविक जीवनमा उतार्न सकेमा मात्र तालिमको सार्थकता हुने बताए ।
तालिमको बागेश्वरी असल शासन क्लब (बास) का सुचना अधिकारी हेमराज भट्ट, साथी संस्थाका शंकर न्यौपाने, पत्रकार कविन्द्र परियार लगायतले सहजीकरण गरेका थिए । तालिममा राप्तीसोनारी गाउँपालिका वडा नं ९ का २१ जना महिलाहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्