खजुरा (बाँके),११ जेठ/ खजुरा गाँउपालिका वडा नम्बर ३ मा सञ्चालित एक महिने कुशन तथा गुडीया बनाउने तालिम शुक्रबार सम्पन्न भएको छ ।
खजुरा गाँउपालिका वडा नं.३ को सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो तालिम सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममाबोल्दै कार्यक्रमका प्रमुख अतिथि खजुरा गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आफुले सिकेको शिपलाई ब्यवसायिक रुपमालागु गर्ने ब्यक्तिहरुका लागि गाँउपालिकाले सहयोगका थप कार्यक्रम संचालन गर्ने बताए ।
गाँउपालिकाले लक्षित वर्गका कार्यक्रमहरुका लागि सबै वडाहरुमा बजेट विनियोजन गरेको भन्दै बेरोजगारलाई रोजगार सिर्जना गर्न कार्यक्रमहरु फलदायि बन्ने विश्वास व्यक्त गरे । तालिमबाट सिकेको कुरालाई ब्यवसायिक रुपमालागु गर्न सबै सहभागीहरुलाई उनले जोड दिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कान्तुराम गौतमले सिकेको शिपलाई व्यवहारमा उतार्न सबैलाई अनुरोध गरे । व्यवसायीहरुलाई उत्प्रेरणा दिने खालका थप कार्यक्रमहरु आगामी दिनमा वडाबाट विनियोजन गर्ने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा बासका अध्यक्ष मन भण्डारीले मन्तव्य व्यक्त गरेका थिए । कुशन र गुडीया बनाउने तालिमले व्यवसायिक बन्न सहज बनाएको सहभागीहरुको भनाई थियो ।। तालिममा ३० जनाको सहभागिता रहेको थियो ।