शिक्षक सम्मानित



नेपालगन्ज,१० जेठ/  विद्यालय जानबाट वाञ्चित भएका बालबालिकाहरुलाई विद्यालय जानका लागि सहयोग गर्ने सहपाठी शिक्षकहरु बिहीबार एक कार्यक्रम विच सम्मानित भएका छन ।

नेपालगंज उपमहानगरपालिका वडा १२ को कार्यलय र धम्बोझी माध्यमिक विद्यालयको सहकार्य सहयात्रा परियोजना अत्तर्गत सेभ दर चिल्ड्रेन र बाके युनेस्को क्लवको सहजीकरणमा नेपालगंज उपमहानगरपालिका वडा नं २ लाई निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा घोषणार्थ सहयोग पु¥याउने धम्वोझी माविका १४ जना सहपाठी शिक्षकलाई सम्मानित गरीएको थियो ।

सगै पढौ सगै सिकौ कार्यक्रममा मंसिर देखि चैत्र सम्म सहपाठी शिक्षकका रुपमा धम्वोझी माविका शिक्षा तर्फका ११ र १२ कक्षाका १४ जना विद्यार्थीले वडा न १२ का १६ जना बालबालिकाहरुलाई निशुल्क पढाएका सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिक वर्माले वताए ।

संयोजक वर्माका अनुसार १६ जना बालबालिकाहरु मध्येमा १२ जना विद्यालय भर्ना भैसकेका छन भने बाकी ४ जना भर्नाको प्रक्रियामा रहेका बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १० गते बिहीबार