3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

स्थानीय श्रोत शिक्षकको अध्यक्षमा थारु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५  

बाँसगढी,९ जेठ/  बाँसगढी नगरपालिकामा स्थानिय स्रोतमा कार्यरत शिक्षक कर्मचारीहरुको बृहत भेला मंगलबार सम्पन्न भएको छ ।

बृहत भेलाले फग्गुवा थारुको अध्यक्षतामा ११ सदसिय स्थानिय स्रोत शिक्षक कर्मचारी हकहित संरक्षण तदर्थ समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा किशोर अधिकारी, सचिवमा कृष्णराज अधिकारी, सहसचिवमा हरिहर थारु, कोषाध्यक्षमा सम्झना थारु रहेका छन् ।

त्यस्तै सदस्यहरुमा रामकुमार थारु, डम्मर मल्ल, चन्द्रबहादुर बिक, जयकुमार मण्डल, जगराम थारु र देवि केसी रहेका छन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५     6:40:55 AM  |