कोहलपुर,६ जेठ/ कोहलपुर स्तिथ बालज्योति माविमा आज वृहत रचना वाचन कार्यक्रमको आयोजना गरिएको छ ।
विद्यालयका संस्थापक स्वर्गिय टिकाराम सुवेदीको आठौं स्मृती दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको समन्वय तथा बालज्योति माविको सहयोग र बाल प्रतिभा तथा बाल कोपीला साहित्यीक मञ्चको आयोजनामा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विशेष गरी बाल प्रतिभाहरुको पहिचान तथा क्षमता अभिवृद्धिका लागि छन्द कविताहरु वाचन गरिने पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा साहित्यकार, पत्रकार, वुद्धिजीवी, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी लगायतको सहभागिता रहने छ । कार्यक्रम बिहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : २०७५ जेठ ६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्