रावन बिश्वकर्मा, बाँसगढी,५ जेठ/ बर्दियाको चेपाङ्ग, बाँसगढी र लक्ष्मणामामा बालबिबाह तथा बालश्रम न्युनिकरण सम्बन्धी जनचेतनामूलक सड्क नाटक प्रदर्शन गरिएको छ ।
बाँसगढी नगरपालिकाका सबै वडामा नाटक प्रदर्शन गर्ने अभियान अन्तगर्त शुक्रबार वडा नम्बर १ चेपाङ्ग, वडा नम्बर ५ बाँसगढी र वडा नम्बर ९ लक्ष्मणामा बाल विवाह तथा बालश्रम न्युनिकरण सम्बन्धी जनचेतनामूलक “फुल्न देऊ कोपिला” शिर्षकमा सड्क नाटक प्रदर्शन गरिएको थियो ।
बाँसगढी नगरपालिकाको सहयोगमा सप्तरंगी मञ्च बर्दियाका कलाकारहरुले नाटक प्रस्तुत गरेका थिए । बाल्य अवस्थामा विवाह गर्दा आईपर्ने समस्या, मोबाईल ईन्टरनेट, फेसबुक जस्ता नयाँ नयाँ प्रविधिलाई सही सदुपयोग गर्न नसक्दा आईपर्ने समस्या, बालबालिकाहरुलाई काममा लगाउनु कानुनी अपराध भएको र अभिभावकहरुले आफ्ना बालबालिकाहरुको ख्याल राख्दै उनीहरुको लालन पालन र शिक्षा दिक्षामा राम्रो ख्याल राख्नु पर्ने, अभिभावकहरुले आफ्ना बालबालिकाहरुको ख्याल नराख्दा आईपर्ने समस्या नाटकमा झल्काइएको थियो ।
सप्तरंगी मञ्च बर्दियाका अध्यक्ष विष्ण थापाको लेखन तथा निर्देशनमा विष्णु थापा, नरेन्द्र श्रेष्ठ, सम्भु मिलन, कविता सुनार, दिपा खड्का र बाल कलाकार शान्ति रावलले नाटकमा अभिनय गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्