लायन्स भुरिगाउँको अध्यक्षमा निरौला सर्वसम्मत



सुदीप अधिकारी : भुरिगाउँ,५ जेठ/ / लायन्स क्लब अफ भुरिगाउँको अध्यक्षमा गोपाल निरौला सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार भुरिगाउँमा सम्पन्न लायन्स क्लब अफ भुरिगाउँको बैठकले निरौलालाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।

यसैगरि लायन्स क्लब अफ भुरिगाउँको प्रथम उपाध्यक्षमा सञ्जय गिरी र द्वितिय उपाध्यक्षमा रुद्रप्रसाद अर्याल, सचिवमा कृष्णप्रसाद भट्राई, कोषाध्यक्षमा चन्द्रकान्त काफ्ले निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गोपाल निरौलाले जानकारी दिए ।

यस्तै सदस्यमा ध्रुवप्रसाद पंगेनी, चन्द्रमणी पौडेल, महेन्द्र पंगेनी, जीवनकुमार शाही, जयन्द्र थापा, भिमप्रसाद ढकाल, चन्द्रकला भट्टराई, चित्रप्रसाद खनाल र दधिराम भण्डारी रहेका छन् ।

अध्यक्षसहितको नर्वनिवाचित पदाधिकारीहरु लायन वर्ष–२०१८ २०१९ सम्मका लागि निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष निरौला विगत केही वर्षदेखि विकास प्रेमी युवा समूहमा आवद्ध रहि सामाजिक कार्यका सक्रिय रहँदै आएका छन् ।

अध्यक्ष निरौलाले युवाहरुको सहभागितामा समाजमा विद्यमान विभिन्न स्वास्थ्य सम्बन्धि समस्याहरुमा लायन्स क्लबलाई सक्रिय बनाउँदै अघि बढ्ने बताएका छन् ।

समाजका अन्य सामाजिक क्रियाकलापमा समेत सञ्चालन गरेर युवा वर्गलाई सामाजिक सेवाको क्षेत्रमा अग्रसर गराउन आपूm प्रयासरत् रहने नवनिर्वाचित अध्यक्ष निरौलाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार