नेपालगन्ज,१ जेठ/ आजदेखि नेपालगन्जमा नेपाल ‘एजुकेशन फेयर–२०१८’ हुँदैछ । एजुकेशन फेयरको पूर्वसन्ध्यामा सोमबार कारकाँदोस्थित होटेल किचन हटमा बाँके र बर्दियाका सबै विद्यालयका प्राधानाध्यापकहरुको भेला गरिएको थियो । जहाँ प्रदेशस्तरीय शैक्षिक बहस हुने आयोजकको भनाइ छ ।
जेठ १ र २ गते नेपालगन्जमा हुने एजुकेशन फेयर विजनेश प्लस टेलिभिजनको आयोजना तथा भक्क्ति दर्शन टेलिभिजनको र माउण्टेन टेलिभिजनको सहआयोजनामा हुन लागेको हो । एजुकेशन फेयर नयाँ संरचना अनुसार शैक्षिक नीति कस्तो हुने भन्नेबारे गहन बहस हुने एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले जानकारी दिए ।
विद्यार्थीहरु राजधानी केन्द्रीत हुँदा मोफसलमा भएको शैक्षिक लगानीले उचित प्रतिफल दिन नसकेको अवस्थालाई दृष्टिगत गर्दै काठमाडौं बाहिरका कलेज एवम् शिक्षण संस्थाबारे जानकारी गराउने उद्देश्यले एजुकेशन फेयरको आयोजना गर्न लागिएको पद्मा मिडिया ग्रुपका मध्यपश्चिम क्षेत्रीय प्रमुख क्षेत्रनाथ देवकोटाले जानकारी दिए ।
सिद्धार्थ कटेजमा हुने एजुकेशन फेयरमा सहभागीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएकोे छ । एजुकेशन फेयरमा दश हजारभन्दा बढी विद्यार्थीहरु सहभागि हुने आयोजकको अपेक्षा छ ।
नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागका प्रतिनिधि, विज्ञ, शिक्षाविद् एवम् शिक्षा क्षेत्रका नीतिनिर्माताहरुको सहभागिता रहने एजुकेशन फेयरको माउन्टेन टेलिभिजन र विजनश प्लस टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्