नेपालगन्जमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन



नेपालगन्ज,२९ वैशाख/   नेपालगन्जको धम्बोझी चोकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।

मोहन वैद्य नेत्तृवको नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीले शनिबार मोदीको पुत्ला जलाएको हो ।

भारतीय प्रधानमन्त्री मोदी विरुद्व नाराबाजि गर्दै आएका क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले धम्बोझी चोक पुत्ला जलाएका हुन् ।

मोदीको पुत्ला पुरै जल्न नपाउदै प्रहरीले आगो निभाएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २९ गते शनिबार