8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

प्रथम सार्वजनिक सुनुवाई सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ११, २०७५  

कोहलपुर,११ वैशाख/ बाँकेको बैजनाथ गाउँपालिका—१ चिसापानीस्थित वडा कार्यालयले प्रवाह गर्नै सेवा सुविधाका प्रभावकारिताका विषयमा प्रथम सार्वजनिक सुनुवाइ सोमबार सम्पन्न गरेको छ ।

बैजनाथ गाउँपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा गरिएको सो कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं.१ वडाअध्यक्ष रुप बहादुर मल्लले वडाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं.१ वडा अध्यक्ष रुप बहादुर मल्ल वडा सदस्यहरु गोर्ख बहादुर बुढा, सगिता सुनार, भरथरी थारु चिसापनी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रेम बहादुर विष्ट, पशुसेवा केन्द्रका प्रतिनिधि लगायतका प्रतिनिधिहरु प्रमुख जवाफदेही वक्ताका रुपमा सहभागी भएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले थुप्रै प्रश्नहरु सोध्नुका साथै वडाबाट प्रवाह गरिने सेवा सुविधाहरु पारदरर्शी हुनुपर्नुेमा जोड दिएका थिए । कार्यक्रममा करिब ८० जनाको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाईको पत्रकार रवि रोकायले सहजीकरण गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ११, २०७५     7:42:06 AM  |