सिद्धान्त अनुसन्धानद्वारा नेपालगन्जमा सरसफाइ



कोहलपुर,६ बैशाख/  नेपालगन्जमा बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धान्त अनुसन्धान महाविद्यालय र युनिफाइड मार्सलाड तङ इल मोदो संघको संयूक्त आयोजनामा सो सरसफाइ कार्यक्रम गरिएको हो ।

सरसफाइ नेपालगन्जको धम्वोझी चोक, सिटि प्यालेस हुँदै नेपाल राष्ट्र बैक परिसरमा गरिएको थियो । विश्वमा शान्तिका लागि समाजमा विभिन्न सामाजिक कार्य गर्दै आएको तङ इल मोदोकी सहायक प्रशिक्षक दिपा पुरी बताइन् ।

वरिष्ठ पत्रकार पुर्णलाल चुकेको प्रमुख आतिथ्यतामा भएको सरसफाइ कार्यक्रमा सिद्धान्त अनुसन्धान महाविद्यालय तथा युनिफाइड मार्सलाड तङ इल मोदो संघ प्रशिक्षक तथा विद्यार्थी, सदस्यहरु, नेपाल प्रहरी, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायत ५० जना बढिको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ६ गते बिहीबार