कोहलपुर,३० चैत/ मालपोत कार्यालय बाँकेमा हेल्पडेस्क कार्यक्रम आज सम्पन्न भएको छ । युनडिपीको आयोजना र बासको सह आयोजनामा सो हेल्पडेस्क कार्यक्रम सम्पन्न भएको हो ।
सरकारी कार्यालयहरुले दैनिक प्रवाह गर्ने सेवा सुविधाको मापन तथा सेवाग्राही मैत्री वातावरणको सुनिश्चतता गर्न सो कार्यक्रम गरिएको हो ।
कार्यालयमा आफ्नो दैनिक कामकाजका सिलसिलामा आउने सेवा ग्राहीहरुलाई सम्बन्धित कार्यालयले प्रदान गर्ने सेवा र सुविधाको बारेमा जानकारी नहुदा समस्या सिर्जना भएको सेवा लिन आएका सेवाग्राहीहरुले बताएका छन् ।
हेल्पडेस्कको क्रममा सेवालिन आएका सेवाग्राहीहरुलाई काम काजमा सहयोग गरिएको थियो । हेल्पडेस्कबाट ५६ बढी सहभागिहरुले प्रत्यक्ष सेवा लिएका थिए ।
कार्यक्रम अन्तरगत पहिलो चरणमा नरैनापुर गाँउपालिकाकाको कार्यालय तथा त्यस अन्तर्गतका वडा नम्बर ५ मटेहिया, ६ गंगापुर र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० मा हेल्पडेस्क कार्यक्रम सम्पन्न भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्