वर्षाले करौडौं मूल्य बढीको इँट्टा नोक्सान



कोहलपुर,२७ चैत/ शनिबार राति र सोमबार दिउँसो परेको वर्षाले बाँकेमा इँट्टा ब्यवसायीहरुको करोडौंको लगानी सखाप पारेको छ ।

????????????????????????????????????

इँट्टा व्यवसायीहरुका अनुसार प्रत्येक इँट्टा भट्टामा ३० देखि ५० लाख रुपैयाँसम्मको काँचो इँट्टा गलेर क्षति पुगेको छ ।

जय नेपाल इँट्टा उद्योगका सञ्चालक सत्तार खानले दुई दिनको वर्षाले आप्mनो भट्टामा करिब ५० लाख रुपैयाँको काचो इँट्टा वर्षाले गलेर क्षति पुगेको बताउनुभयो ।

इँट्टा व्यवसायी सङ्घ बाँकेका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका खाँका अनुसार सबै इँट्टाभट्टामा वर्षाले नोक्सान पारेको छ ।

व्यवसायीहरुका अनुसार बाँकेमा पछिल्लो दुई दिनको वर्षाले २० करोड रुपैयाँ बढीको नोक्सान भएको छ । इँट्टा व्यवसायी सङ्घ बाँकेमा ५० भन्दा बढी इँट्टा व्यवसायीहरु संगठित भएका छन् ।

इँट्टा व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष प्रकाश शाहले वर्षाले आफ्नाे भट्टामा मात्रै ३० देखि ३५ लाख रुपैयाँसम्मको नोक्सान भएको जानकारी दिनुभयो ।

अहिले तयारी अवस्थामा रहेको इँट्टाहरु वर्षाले क्षति पुर्‍याएका कारण सिजनमा इँट्टाको अभाव हुने र मूल्य समेत बढ्न सक्ने व्यवसायीहरुले जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २७ गते मंगलबार