8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति माओवादी मन्त्रीको असन्तुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २६, २०७४  

काठमाडौं,२६ चैत/ सरकार गठन भएको दुई महिना नबित्दै मन्त्रीमण्डलमा असन्तुष्टि देखिएको छ ।

माओवादी केन्द्रको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यशैलीप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै माओवादीबाट मन्त्री भएकाहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गुनासो गरेका छन् ।

सचिव सरुवालगायतका विषयमा कुनै सरसल्लाह नगरिएको भन्दै माओवादीका ७ जना मन्त्रीले खुमलटारस्थित प्रचण्ड निवास पुगेर गुनासो गरेका हुन् ।

अध्यक्ष प्रचण्डसँगको भेटमा गृहमन्त्री रामबहादुर थापाले सचिव सरुवा गर्दा आफू र अन्य मन्त्रीहरुसँग सल्लाह नगरेको गुनासो गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी एकता अन्तिम चरणमा पुगेकाले सानातिना कुरामा चित्त नदुखाउन मन्त्रीहरुलाई आग्रह गर्नुभयो । साथै अध्यक्ष प्रचण्डले आफूले सम्हालेका मन्त्रालयबाट देखिने गरी काम अघि बढाउन निर्देशन दिनुभयो ।

-ujyaaloonline

प्रकाशित मितिः सोमवार, चैत्र २६, २०७४     8:51:40 PM  |