वडा अध्यक्षको अपुरो सिफारिसले ईलाका प्रशासनलाई सास्ती



कविन्द्र परियार : कोहलपुर,२३ चैत/   वडाबाट नागरिकता तथा अन्य सिफारिस गर्दा आवश्यक कागजात नपु¥याएरै वडा अध्यक्षहरुले सिफारिस गर्दा ईलाका प्रशासनमा कार्यालय कोहलपुरमा सास्ती हुने गरेको पाइएको छ ।

वडा अध्यक्षको अनविज्ञताका कारण हचुवाको भरमा कागजात नपु¥याएरै सिफारिस गरिदिँदा नागरिकता दिन सास्ती हुने गरेको ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालले बताए ।

‘वडा अध्यक्षहरुले त्रुटीपूर्ण सिफारिस गर्दा दिनहँु जस्तो उहाँहरुलाई कार्यालयमा बोलाउनुपर्छ।’ प्रमुख हमालले भने । कतिपय अवस्थामा त हामी जनप्रतिनिधिले सिफारिस गरेर पठाएको किन रोकेको भन्दै थर्काउने गरेको प्रशासन प्रमुखको भनाइ छ ।

‘हामी प्रक्रिया नपुगेको अवस्थामा कुनै पनि नागरिकता दिदैनौं तर वडा अध्यक्षहरुले यत्ति मिलाउनुस भन्नुहुन्छ हामी नियम भन्दा बाहिर गएर काम गर्न सक्दैनौ।’ हामलले थपे ।

ईलाका प्रशासन कोहलपुरका नायव सुब्बा प्रभा बज्राचार्यले हामीले सिफारिस गरेर पठाएको नमान्ने तपाई को हो भन्दै फोनबाट धम्क्याउने गरेको बताइन् ।
‘उहाँहरु नयाँ जनप्रतिनिधि भएका कारण सिफारिस गर्नमा अन्यौलता हुन स्वभााविक हो तर गर्नैपर्छ’ भन्नु सान्र्दभिक नहुने बताइन् ।

कतिपय अवस्थामा आवश्यक कागजात नपुगेर काम नबन्ने भएपछि आर्थिक प्रलोभन समेत देखाउने गरेको बताइन् । ईलाका प्रशासन कार्यालयमा भेटिएका कोहलपुर नगरपालिका वडा—४ का वडाध्यक्ष तिर्थराम थारुले आपूm हप्ता ५ दिनसम्म ईलाका प्रशासन कार्यालयमा आउने गरेको बताए ।

‘वडाबाट सिफारिस गरेका कागजात नपुगेपछि फिर्ता जाने हुँदा यहाँ आउनै पर्छ’ उनले भने । ‘हामी नयाँ छौ सबै कुरा थाहा छैन सिफारिस नगरे जनताले हामीले भोट दिएर जितायौ सिफरिस गर्नुपर्छ भनेर दवाब दिन्छन्’ उनले थपे ।

ईलाका पशासन कार्यालय कोहलपुरबाट हालसम्म करिब ८ हजार ८ सय ३८ जनाको नयाँ नागरिकताको प्रमाण पत्र जारी गरेको छ भने १ हजार ८ सय ६६ जनले नागरिकताको प्रतिलिपी लिएको ईलाका प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै १ हजार १ सय जनाको राहदानी जारी गरिएको र ८ सय ४४ जनाको दु्रत सिफरिस गरिएको ७ सय ६७ जातिय प्रमाणित र ९१ वटा नाबालिक परिचयपत्र जारी गरिएको जनाइएको छ ।

ईलाका प्रशासनले ठाडो उजुरीको मेलमिलाप तथा बजार अनुगमन जस्ता कामहरु गर्नपर्ने तर कुनै पनि सवारी साधन नभएकोले प्रभावकारी ढंगबाट काम गर्न नसकिएको ईलाका प्रशासन प्रमुख हमालले बताए ।

ईलाका प्रशासन कोहलपुरबाट साविकका खासकुस्मा, कचनापुर , महादेवपुरी, चिसापानी, नौबस्ता, बनकटुवा शम्शेरगंज, रझेना र कोहलपुर गा .वि.सका जनाताहरुले सेवा लिने गरेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २३ गते शुक्रबार