चट्याङ लागेर सल्यान का तीन वटा रेडियोको प्रशारण बन्द



सल्यान,२२ चैत/ बुधबार राती परेको चट्याङले सल्यानका तिनओटा सामुदायिक रेडियोहरुमा ठुलो क्षति पगेको छ ।

हावाहुरी र असिना पानी पछि परेको चट्याङले रेडियो राप्ती, रेडियो तहल्का र रेडियो सल्यानमा रेडियो प्रशारणका मुख्य सामाग्रीहरु क्षति भएका छन् ।

चट्याङबाट कति क्षति भयो भन्ने विषयमा एकिन नभएपनि लाखौं पर्ने ट्रान्समिटर, हजारौ पर्ने मिक्सर, युपिएस, कम्प्युटर लगाएतका समाग्रीमा क्षति पुगेको उक्त रेडियाहरुेले जानकारी दिएका छन् ।

राती साढे ८ बजेतिर रेडियो बन्द गरेको समयमा सबै रेडियोमा एकैपटक चट्याङ परेको थियो । यसरी चट्याङले रेडियोको मुख्य समाग्रीमा क्षति पुर्याएपछि समाग्री मर्मत हुदासम्म केहिदिन रेडियो बन्द हुने रेडियोहरुले जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २२ गते बिहीबार