सुर्खेत,१६ चैत/ कर्णाली प्रदेशको प्रदेशसभा बैठक शुक्रबार बस्दै छ । करिब एक महिनादेखि स्थगित भएको प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको हो ।
संसद सचिवालयका सचिव राजेश पौडेलले यो बैठकमा कार्य व्यवस्था परामर्श समिति गठन, प्रदेश सरकारको आर्थिक कार्यविधि सम्बन्धी विधेयक २०७४ र संसद नियमावली मस्यौदा पेश हुने कार्यसूचि रहेको जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले विशेष समय लिएर बोल्न पाउने भएका छन् । सांसदहरुका लागि कर्णाली प्रदेशको संसद बैठकमा विशेष समय सम्बन्धी व्यवस्था गरिएको यो पहिलो पटक हो । ‘आजको बैठकमा विशेष समय सम्बन्धी व्यवस्था छ ।
अहिलेसम्म विशेष समय सम्बन्धी व्यवस्था थिएन’ पौडेलले भन्नुभयो, ‘इच्छुक सांसदहरुले समसामयिक विषयहरुको सन्र्दभमा सदन र सरकारको ध्यानाकर्षण गराउन चाहानुभयो भने उहाँहरुलाई विशेष समय व्यवस्था गरिएको छ ।’ बैठक दिउँसो १ बजे बस्दैछ ।









प्रतिक्रिया दिनुहोस्