सहकारी दिवसमा सरसफाइ



कोहलपुर,१४ चैत/  ६१औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार कोहलपुरमा सरसफाइ कार्यक्रम गरिएको छ । जिल्ला सहकारी संघ बाँकेको आयोजनामा विभिन्न संघ–संस्था प्रतिनिधिहरुको सहभागितामा कोहलपुरको विद्युतरोडदेखि चटारको रामजानकी मन्दिरसम्म सरसफाइ गरिएको हो ।

यस्तै दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बैजनाथ गाउँपालिकाका विभिन्न स्थानहरुमा पनि सरसफाई गरिएको थियो । बैजनाथ गाउँपालिका स्तरीय सहकारी संञ्जालको आयोजनामा गरिएको सो सरसफाई कार्यक्रम बैजनाथ गाँउपालिकाका अध्यक्ष मान बहादुर रुचालले वडा नं २ मा सरसफाइको उद्घाटन गरेका थिए ।

चैत २० गते मनाउन लागिएको सहकारी दिवसलाई लक्षित गरी ८ वटा वडाका विभिन्न स्थानहरुमा सरसफाई गरिएको बैजनाथ गाउँपालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष जगत वि.सीले जानकारी दिए । सरसफाई कार्यक्रममा जनप्रतिनिधि, स्वयम सेविका सहकारीकर्मी सर्वसाधरण लगायतको सहभागीता रहेको थियो ।

त्यस्तै सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज गाँउपालिका कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिने बताइएको छ । दिगो विकास लक्ष्य पा्रप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ बाके जिल्ला सहकारी संघको आयोजनामा आज बाके जिल्लाका विभिन्न स्थानहरुमा करिब २० हजार सहकारी कर्मीहरुको सहभागितामा मंगलबारदेखि विभिन्न सप्ताह व्यापी कार्यक्रमको आयोजना गर्न सुरु गरिएको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले जानकारी दिए ।

यस्तै नेपालगन्ज उप–महानगरपालिकाको विभिन्न स्थानमा पनि सरसफाइ गरिएको थियो । सेतु विक चोकदेखि सुरु भएको सरसफाई अभियान कार्यक्रम न्युरोड हुदै त्रिवेणी मोडसम्म पुगेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १४ गते बुधबार