1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

२६ जनाले गरे रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ११, २०७४  

कोहलपुर,११ चैत/  ‘रगत दान, जीवन दान’ भन्ने मुल नाराका साथ कोहलपुर–१४ हवलदारपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

समाज सेवा संस्था नेपाल हवलदारपुरको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोग एवं श्री पूर्ण ज्वैलर्स लगायत स्थानीय व्यापारीहरुको सहयोग र सहकार्यमा सो रक्तदान कार्यक्रम गरिएको हो ।

कोहलपुर नगर कार्यपालिकाका सदस्य दयाराम विक र नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा सभापति नारायाण प्रसाद गौडेलले संयूक्त रुपमा रक्तदातालाई ब्लड व्याग प्रदान गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

कोहलपुर–१४ हपलदारपुरको कृषि उपज हाट बजार परिसरमा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेको गरेको समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, हपलदारपुर कृषि उपज हाट बजार समिति अध्यक्ष नरेश पौडेल, वडा नं.१४ का वडा सदस्य जाकिर अली साई, श्री पूर्ण ज्वैलर्सका सञ्चालक खिम बहादुर सुनार लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, चैत्र ११, २०७४     7:32:48 AM  |