कोहलपुर,६ चैत/ बाँकेको बैजनाथमा गाउँँपालिका—६ स्थित श्री नेपाल राष्ट्रिय माध्यामिक ओरीलालपुरमा बालविवाह लागु पदार्थ दुव्यर्सनी तथा लैङ्गिक विभेद विरुद्ध एक दिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
स्याक नेपालको चेन्ज अफ च्याम्पियन तथा बैजनाथ गाउँपालिका वडा नं ६ बाल क्लब संजालको संयुक्त आयोजनामा गरिएको कार्यक्रमा विद्यालयका विद्यार्थीहरुलाई बालविवाह लागु पदार्थ दुव्यर्सनी तथा लैङ्गिक विभेद विरुद्ध अभिमुखीकरण गरिएको थियो ।
वडा नं ५ बाल क्लब संजालका अध्यक्ष तथा सि.ओ.सी विरेन्द्र बुढाको सभापतित्वमा भएको कार्यक्रममा बैजनाथ गाउँपालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष खगेन्द्र बुढाले सहजीकरण गरेका थिए ।
कार्यक्रमाम सम्झना प्रहरी चौकीका हवलदार हर्क बहादुर खड्का, स्याक नेपालकी फिल्ड अधिकृत कल्पना आर्चाय, फिल्ड सुपरभाईजर वविता सिँह विद्यालयका शिक्षक विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै सोमबार नै बैजनाथ गाउँपालिका वडा ३ को वडा कार्यालयमा अभिभावकहरु संग बालविवाह विरुद्ध अन्तरक्रिया समेत गरिएको छ । सो अन्तरक्रिया कार्यक्रमको नौवस्ता ईलाका प्रहरी कार्यालयका सई टुकाराम अधिकारी र खगेन्द्र बुढाथोकीले सहजीकरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्