एम्बुलेन्सले बाँकेका प्रहरी प्रमुख सवार गाडीलाई ठक्कर दियो



received_10204514817148512पुष्पलाल चोक तिर बाट गलत दिशा हुदै धम्बोझि आउदै गरेको मोटरसाईकललाई पक्राउ गर्न खोज्दै गर्दा बिच बाटोमा रोकि राखेको प्रहरी भ्यानलाई ठक्कर दिएको हो।

received_10204514816588498नेपालगन्ज बाट कोहलपुर बिरामी लग्दै गरेको तिब्र गतिमा रहेको भे१च १८४३ नम्बरको एम्बुलेन्सले नियन्त्रण गर्न नस्कदा बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङ्ग सवार भ्यानलाई ठक्कर दिएको हो। received_10204514817188513

प्रहरीले त्यसरी बिच बाटोमा एक्कासी भ्यान रोक्दा साइरन बजाउँदै आएको एम्बुलेन्सले ठक्कर दिदा दुर्घटना भएको प्रत्यक्षदर्शिहरुले बताए।कमसेकम बाटोको किनारामा भ्यान रोकेर पनि प्रहरीले समाउन सकिन्थ्यो तर त्यसो नगर्दा दुर्घटना भएको एक प्रत्यक्षदर्शिले बताए। गलत दिशा बाट आएको मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एम्बुलेन्समा रहेको बिरामीलाई भने प्रहरीको भ्यानमा राखी कोहलपुर लगिएको छ। एम्बुलेन्सलाई  जिल्ला ट्राफिक प्रहरी कार्यालयमा लागिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३ गते शनिबार