२८/११/२०७४-
छोरा छोरी हुँदाँ पनि सुख छैन अनि नहुँदा पनि सुख छैन,, यो पढ्नुस एक पटक हेर्नुस त्, एक वास्तविक घटना कस्तो छ निष्ठुरी दैव पनि !!!
आगोको ज्वाला बिस्तारै बिस्तारै म तर्फ आयो । म गुहार-गुहार भन्दै बेसरी चिच्याएं । तर त्यहाँ मलाई बचाउने कोहि थिएनन् । थिए त केवल म संगै स्वरमा स्वर मिलाएर चिच्याउनेको घुइँचो बाहेक कोहि थिएनन् । रापले सबैको प्रण खिच्दै थियो । सबै निशासीएर छट्पटी संगै ती चित्कारहरु सुस्त-सुस्त मौन भए । आगोले धेरैको देहमा कब्जा जमायो अनि उस्को विजयीको रातो ज्वाला बनेर धुवाँको मुस्लोमा हाम्रो आत्माहरु उडाई रहेको थियो । म पनि त त्यही मुस्लोमा उडि रहेको थिएँ आमा ! मेरो थोत्रो शरिर लाईजानु होला मन ले चाहे सारी सिंगार्नु होला एक दुलही र दुलाहा लाई झैं !!!हरेक हिसाब को एकै चोटी बदला लियो मेरा यि सपना हरु ले ,,, हजुर लाई थाहा छ नि म आगो भन्दा कती डराउथे… तर आज अन्तिम पल सम्म पनि तेही आगो सित मुकाबला भयो ज्यान जोगाउन.., आमा कत्ती मिठो त्यो हजुर ले बनाउनु खाना का परिकार हरु.., खीर त मलाई कत्ती चोटो बनाउनु भो कत्ती चोटि, खान कती आतुर थियो यो आत्मा, के गरम ,… हजुर को औंला चाट्दै खाको कस्तो मिठो , बयानै गर्न सक्दिन जस्मा ममता धेरै अनि माया पनि धेरै अनि आशिश पनि , कास एक पटक फेरी खान पाय हुन्थ्यो नि हामी सबै संगै बसेर , ….आमा मलाई पढाउँदा लागेको रिन कसरी तिर्नु होला? त्यो सम्झिदा मेरो आत्मा भड्किन्छ होला,.. म जुनि जुनि हजुर हरु को कोख बाट पुर्ण आयु लिएर जन्मिन पाउँ भन्दाइ बिदा भय, मैले हजुरलाई देखेको थिएँ । हजुरले घरको छतमा उभिएर त्यो कालो धुवाँको मुस्लो आकाशको बादल संग मिसिदै गरेको दृश्य हेर्दै दस औंला जोडेर “हे भगवान सबैलाई रक्षा गर” भन्दै हुनु हुन्थ्यो । हजुरले एउटा आमा हुनुको कर्तव्य निभाउनु भयो । तर त्यो धुवाँमा हजुरको सन्तान पनि उड्दैछ थाहा पाउनु भएन । हजुरले थाहा पाउने पनि कसरी ? म त आत्मा भएर त्यो बादलुको देशमा जादैछु । हजुर संग कहिले नभेट्ने गरि । हो आमा ! कहिले नभेट्ने गरि । त्यो हुनु भन्दा अगाडिको समयमा हामिले प्रयत्न गरेका सबै कुराहरु मलाई एकाएक थाहा छ आमा ! तर अब मैले चाहेर पनि केही गर्न सक्दिन । अनेकौं सपनाहरु सजाउदै प्यारो परिवारसंग भेटेर मन भरिका हर्ष र उमंगहरु बाँड्न सारै आत्तुर थिए यि मस्तिष्क भरी । तर दैवको लिला, मेरो जीवन यहीँ सम्म रहेछ । आमा ! मलाई सम्झेर नरुनु होला । हामी धेरै मिल्ने-मिल्ने साथी संगै छौं । म खुसी छु, हजुर पनि मेरो दाजुभाइ दिदिबहिनीहरुलाई हेरेर खुशी रहनु होला । तर मेरो मृत्यु ले आज धेरै लाई रुवायो होला तेस्को लागी म क्षमा माग्द्छु, धेरै नेपाली को घर मा आज मेरो मृत्यु को बहस र सुस्केरा हरु सुनियो होला, कसरी भनम म कसरी मर्दै छु,, म कसरी उकुस मुकुस छु, भनेर्, आयु पूरा हुन नसकेको मेरो देह एयरपोर्टमा आएर लौजानु होला । म जुनि जुनि हजुर हरु को कोख बाट पुर्ण आयु लिएर जन्मिन पाउँ भन्दाइ बिदा भय, विदा पाऊँ ////
मृत आत्माहरुलाई हार्दिक श्रद्धाञ्जली!!!
लेखक
सङगितकार सुनिल धिताल