सल्यान,१ चैत/ सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधाको प्रभावकारिताका लागि बुधबार सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न भएको छ । कार्यक्रम बन्गाड कुपिण्डे नगरपालिकाको आयोजना र युएस आईडिको सहकार्यमा भएको थियो ।
कर्यक्रममा नगरपालिकाका १२ वटै वडाबाट नागरिकलाई के कस्तो सेवा प्रदायक काम भए नभएको विषयमा छलफल भएको थियो । नगरको विकास र समृद्धि अघि बढेकाले सबैलाई सकरात्मक बाटोबाट हातेमाले गरी अघि बढ्न नगर प्रमुख गोविन्द कुमार पुनले अनुरोध गरेका थिए ।
नगरलाई कसरी अघि बढाउँन सकिन्छ भन्ने विषयमा सबैै नगरवासीको सहयोगको रहेको प्रमुख पुनले बताए । बन्गाड कुपिण्डे नगरपालिकामा ऐन कानुनहरु निमार्ण हुने क्रममा रहेकाले र सुरुवाती अवस्था भएकाले भने अनुसार नागरिकका कामहरु पुरा गर्न नसके पनि विस्तारै सबै काम पुरा उनले बताए ।
नगरको विकास समृद्धिको लागि अपुग र अप्रयाप्त स्रोत साधन जन शक्तिका बावजुत पनि अहोरात्र खटेर जनताको काममा समय बिताएको पुनको भनाई थियो ।
सार्वजनिक सुनुवाई कार्याक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, प्रशासनिक दैनिक कार्य र हाललाई विनियोजित बजेटको विकासको गतिका विषयमा बढि छलफल भएको थियो ।
क्रमश एक पछि अर्को गर्दै नगर प्रमुख गोविन्द कुमार पुन, उपमेयर मञ्जु यरी, प्रशासकिया अधिकृत प्रेम प्रसाद आचार्य, लेखा अधिकृति प्रकाश के.सी.योजना शाखाका हरिष तिरुवा, नगर शिक्षा अधिकारी रोम प्रसाद पाण्डे, स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलले नागरिकले राखेका प्रश्नको जवाफ दिँदै सुझाव संकलन गरी सबै वाचा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।