५औं डाँफे कप आजदेखि सुरु



नेपालगञ्ज,२४ फागुन/   न्यू डाँफे स्पोर्टस क्लव डि गाउँको आयोजनामा ५औं डाँफे कप नकआउट फुटबल प्रतियोगिता आजदेखि सञ्चालन हुदैँ छ ।

आयोजक न्यू डाँफे स्पोर्टस क्लवले दिएको जानकारी अनुसार प्रतियोगितामा १३ वटा क्लवको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा क्लवले बढिमा ४ जनासम्म क्षेत्र बाहिरका खेलाडी सहभागी गराउन पाउने क्लबका अध्यक्ष तिलकबीर सुनारले जानकारी दिए । प्रतियोगिताको विजेताले रु १ लाख ३५ हजार ५ सय ५५ र दोस्रो हुनेले ६५ हजार ५ सय ५५ नगद शिल्ड र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि करिब चार लाख २६ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । न्यू डाँफेले प्रथम पुरस्कार रु २५ हजारबाट सुरु गरेकोमा क्रमशः ४० हजार, ५५ हजार, १ लाख ११ हजार १ सय ११ हुँदै यो वर्ष १ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ पु¥याइएको अध्यक्ष सुनारले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २४ गते बिहीबार