नेपालगञ्ज,२३ फागुन/ पीछडिएका तथा दलित महिलाहरुका लागि सरसफाई सम्बन्धी दुईदिने तालिम मंगलबारदेखि सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१४ भित्रका पीछडिएका तथा दलित महिलाहरुका सो तालिमको आयोजना गरिएको हो ।
तालिम बास नेपालगञ्ज तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ को वडा कार्यालयको सहयोगमा भवनीयापुरमा तालिम सञ्चालन गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१४ का वडा अध्यक्ष ओमकार नाथ मिश्राको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मिश्राले स्वस्थ र निरोगी रहन सरसफाई आवश्यक पर्ने भएकाले तालिममा सक्रियता पूर्वक सहभागिता जनाउन अनुरोध गरे ।
उनले व्यक्तिगत सरसफाइसँगै सामुदायिक रुपमा समेत सरसफाइको सन्देश प्रवाह गर्न तालिम आयोजना गरिएको बताए । कार्यक्रममा बोल्दै वडा सदस्य ऋसिराम वर्माले सरसफाइको बारेमा तालिमले स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।
यस्तै स्वास्थ्य चौकी ईन्चार्ज कृष्ण प्रसाद आचार्य स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने बताए ।
तालिमको पहिलो दिन सरसफाई, खुल्ला दिशा मुक्त अभियान, ब्यक्तिगत सरसफाई लगायतका विभिन्न विषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्ट, लेखा अधिकृत प्रतिक्षा गिरी र कार्यक्रम संयोजक शम्भु शाहीले सहजीकरण गरेका थिए









प्रतिक्रिया दिनुहोस्