6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

जाजरकोटमा ठूलो परिणामको हतियारसहित २ पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १८, २०७४  

जाजरकोट/   जाजरकोट प्रहरीले ठुलो परिमाणमा हातहतियार बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–११ बाट प्रहरीले हातहतियार बरामद गरेको कर्णाली प्रदेश प्रहरीको कार्यालयले जनाएको हो ।
जुनिचाँदे गाउँपालिकाका चन्द्रबहादुर शाहीको घरमामा लुकाएर राखेको अवस्थामा प्रहरीले वारवोट २ थान, त्यसमा लाग्ने प्रयोग भएका ६ थान खोका, नपड्काएको ७ थान खोका, भरुवा बन्दुक ३ थान, दुइ नाले बन्दुक १ थान, इयर फिस्टेल गन १ थान, भरुवा बन्दुकको सिसाको गोली २६ थान, जंगली जनावरको छाला ३ थान, सिंह ११ थान र नङ्ग्रा १५ थान प्रहरीले बरामद गरेको हो ।

प्रहरीले उक्त हातहतियार राखिएको घरका मालिक चन्द्रबहादुर शाही र नेत्र शाहीलाई समेत पक्राउ गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १८, २०७४     7:18:37 AM  |