अखिल नेपाल ट्रेड यूनियन महासंघको संयूक्त प्रशिक्षण कार्यक्रम सम्पन्न



डिल्ली शाही फाल्गुन/१७ बाँके/ अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेको आयोजनामा प्रदेश नं. ५,६,७ को संयूक्त प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा एन फ्याक्सन केन्द्रीय अध्यक्ष जयपुरी घर्तीद्वारा उद्घाटन गरिएको थियो ।
त्यस्तै अखिल नेपाल ट्रेड यूनियन महासंघका केन्द्रीय अध्यक्ष गणेश रेग्मी, महासचिव जगत सिंह खरा, प्रदेश इचार्ज सुशिला पुनले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा श्रम ऐन तथा सामाजिक ऐन २०७४ को विधान पारित भएसँगै उक्त विधानलाई केन्द्र, प्रदेश र स्थानीयमा कसरी कार्यान्वयन गर्ने विषयमा प्रशिक्षण दिएका थिए । प्रदेश नं.५, ६, ७ बाट प्रतिनिधित्व गरी आएका प्रतिनिधिहरुलाई ऐन तथा सामाजिक ऐन २०७४ लागु गरी मजदुरहरुले भोग्नु परेको विभिन्न समस्यालाई उजागरण गरी निराकरण गर्ने विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा श्रम ऐन तथा सामाजिक ऐन २०७४ को विधानलाई सहज र सरल तरिकाबाट कार्यान्वयन गर्नेका लागि विभिन्न प्रदेशमा कमिटि गठन गरी सकेको छ । उक्त संगठनहरुले व्यवस्थित र प्रभावकारी रुपमा कार्यान्वय गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बाँके अखिल नेपाल ट्रेड यूनियनका जिल्ला अध्यक्ष बसन्त मल्लले बताए ।
अखिल नेपाल ट्रेड यूनियन तथा प्रदेश नं. ६ का केन्द्रीय उप—महासचिव धन बहादुर रोकाय
(प्रकाश), प्रदेश नं. ५ का केन्द्रीय उप—महासचिव नरहरी नाथ योगी, बाँके जिल्लाका क्षेत्र नं. १ प्रतिनिधि सभाबाट निर्वाचित महेश्वर गतहराज(अथक) लगायतले मन्तव्य राखेका थिए ।


बाँके जिल्लाका क्षेत्र नं. १ प्रतिनिधि सभाबाट निर्वाचित महेश्वर गतहराज(अथक)ले मन्तव्यको क्रममा बाँके जिल्लामा अखिल नेपाल टे«ड यूनियनले खेलेको भूमिका प्रति आभार प्रकट गरेका थिए । बाँकेमा पनि अखिल नेपाल टे«ड यूनियनका प्रदेश कमिटी, स्थानीय कमिटी, नगर कमिटी, वडा कमिटी तयार भई सकेको बताए । सो कमिटीले जदुरहरुका हकहितको लागि लड्ने र मजदुरहरुका समस्याहरुको समाधान गर्ने उद्देश्यले यो संगठन निर्माण गरिएको बताए । उनले भने बाँके जिल्लामा बहुजातीय, बहुधार्मीक, बहुसांस्कृतिक, बहुभाषिकका आधारमा विभिन्न किसिमका मजदुरहरु रहेका छन् । उक्त मजदुरहरुको समिकरण गरी विभिन्न मजदुरका समस्याहरुका विषयलाई अगाडी बढ्नु अनुरोध समेत गरेका थिए ।
त्यस्तै अखिल नेपाल ट्रेड यूनियन महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष बद्री पाण्डे, प्रदेश नं. ६ का ललित बुढा, प्रदेश नं. ७ का बम्ब बहादुर कठायतले आ—आफ्नो प्रदेशको संक्षिप्त रिपोटिङ्ग प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष गणेश रेग्मी, महासंघका महासचिव जगत सिंह खरा, प्रदेश इचार्ज सुशिला पुन, प्रदेश नं. ५ का उपाध्यक्ष नारायणी लगायतको उपस्थित रहेको अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेका जिल्ला अध्यक्ष बसन्त मल्लले जानकारी दिए । कार्यक्रममा प्रदेश नं. ५ का सभापति दान बहादुर घर्तीको सभापत्वि रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १७ गते बिहीबार