बंगुरपालनको पकेट क्षेत्र बन्दै मोहनपुर



रावन विश्वकर्मा : बर्दिया,१७ फागुन/ बार्दियाको मोहनपुर गाँउ बंगुरपालनको पकेट क्षेत्रको रुपमा चिनिदै गएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ६ मा पर्ने मोहनपुर गाँउका किसानहरुले घर घरमा व्यवसायिक बगुरपालन व्यवसाय गरे सँगै मोहनपुर गाँउ नै बंगुरको पकेट क्षेत्रको रुपमा परिचित बन्दै गएको हो ।

बंगुरको मासु र पाठापाठीहरुको मागलाई मध्य नजर गरी मोहनपुर गाउँका किसानहरु व्यवसायिक बंगुरपालन व्यवसायतर्फ उत्साहित भएका छन् ।
मोहनपुर गाउँका ५० जना किसानहरुले अहिले व्यवस्थित सुधारिएको खोर बनाएर प्रत्येक घरमा ह्याम्पासर, ड्युरो, पाख्रिबास कालो जातका बंगुरपालन गरेका छन् ।

गाउँमा प्रत्येक घरमा ४ ओटा देखि ६ ओटासम्म बंगुरपालन गरिएको छ । मोहनपुर गाँउका जनकराम थारुले १ लाख २६ हजारमा खोर बनाई ५ ओटा बंगुरपालन गरेका छन् । त्यस्तै समूहका अध्यक्ष तथा वडा सदस्य लालबहादुर थारुले पनि ६ ओटा बंगुर पालेका छन् ।

गाँउमा टिकुली थारु, भूमिका चौधरी लगायत गाँउका ३८ जना किसानहरुले ४ ओटा देखि माथि बंगुरपालन गरेका छन् भने १२ जनाले बंगुरपालनको लागि खोर बनाई सकेको र बंगुर राख्न ल्याउन बाँकी रहेको बताए ।

गरिवी निवारण कोषबाट सञ्चालित सहयोगी संस्था गेरुवा ग्रामिण जागरण संघले २०६७ सालदेखि गाँउका समुदायलाई समुहमा आवद्ध बनाई घुम्ति कोष खडा गरी बाख्रा पालन, कुखुरा पालन, लगायतका व्यवसाय सञ्चालनमा सहयोग गर्दै आएको थियो ।

तर १ वर्षदेखि ५० जना किसानहरुलाई मोहनपुर व्यवसायिक बंगुरपालन समुहमा आवद्ध बनाई सबै समुहका सदस्यहरुलाई बंगुरपालनको लागि २५ लाख बराबरको संस्थाको तर्फबाट सहयोग रहेको गरिवी निवारण कोषबाट सञ्चालित सहयोगी संस्था गेरुवा ग्रामिण जागरण संघका उपपरियोजना कार्यक्रमका बजार प्रतिनिधि सन्तोष चौधरीले बताए ।

किसानहरुले गरेको बंगुरपालनमा नियमित रुपमा सरसफाई भए नभएको, बेलाबेलामा औषधी उपचार, सन्तुलित दान खुवाइएको छ की छैन भनी निगरानी तथा सहयोग गरिरहको किसानहरुले खोर उत्साहित रुपमा लागि रहेको नियमित रुपमा सरसफाई भएको छ की छैन,

सन्तुलित दान, बेलाबेलामा औषधी उपाचार, वृद्धिदरका बारेमा निगरानी गरिरहेको गरिवी निवारण कोषबाट सञ्चालित सहयोगी संस्था गेरुवा ग्रामिण जागरण संघका उप–परियोजना कार्यक्रमका प्राविधिक कृष्ण ढकालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १७ गते बिहीबार