20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सम्झौता नगरी घर फर्काइदिन्छन् जनप्रतिनिधिहरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४  

सल्यान,१४ फागुन/   विकास वकास गर्ने भनेर जनता माझ कसमा खाएर आएका जनप्रतिनिधिले नै विकासमा अवरोध गरेको कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले वडा अध्यक्षहरुले विकास निर्माणको लागि बनाएका उपभोक्ता समितिहरुलाई नगरपालिकामा आउँदा सम्झौता नगरीकन घर तिर फर्काइदिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

वडा अध्यक्षहरुले आफू खुसी समिती बनाएको र आफ्नो पार्टीको मान्छेलाई समितिको अध्यक्ष नदिएको उपभोक्ता समितिहरुलाई नगरपालिकामा आउदा सम्झौता नगरीकन घर तिर फर्काइदिने गरेका एक उपभोक्ता समितिका अध्यक्षले बताए ।

अहिले नगरपालिकाको ८ को वावियाचौर अधेरी ग्रामीण सडक अध्यक्ष सेतिराम पुरीले पहिला आफुहरुलाइ सम्झौता गर्न बोलाएको र सम्झौता गर्ने नगरपालिकामा जादा ८ न वडाको विवाद छ । सम्झौता नगर्नु भनी मेयरको निर्देशन छ । भन्दै नगर कर्मचारीले सम्झौता नगरी घर फर्काएको पुरीले बताए ।

त्यस्तै अन्य २,४,५,६ र ८ वडाका कुनै पनि विकास निर्माणका कामहरू सम्झौता नगर्न मेयरले निर्देशन दिएको नगरपालिका प्रमुख प्रसासकिय अधिकृत प्रेम प्रसाद आचार्यले जानकारी दिए । त्यो सम्झौता रोक्न बितिकै उपमेयर मञ्जु एरी र केही वडा अध्यक्ष बाँकी रहेका वडाको योजनाको सम्झौता रोक्न निर्देशन दिएको बताए ।

यस नगरपालिकामा अहिले सम्म जम्मा ३०÷३५ वटा योजनाको मात्र सम्झौता भएको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिएका छन् । केही जनप्रतिनिधि र उपभोक्ता समितिको मिलोमतोमा योजनाहरु सम्झौता नै नगरी काम सञ्चालनमा आएको जानकारी दिए ।

सम्झौता नगरी काम सञ्चालन नगर्नुपर्नेमा आफ्नै तरिकाले कार्यालयको नियम भन्दा बाहिर गएर सम्झौता नै नगरी काम सञ्चालन गरेको आचार्यले बताएका छन् । जनप्रतिनिधिहरुले आ–आफ्नो तरिकाले काम गर्दा हामी कर्माचारीहरुलाई काम गर्ने असहज भएको बताएका छन् ।

विवाद हुनुको कारण जनप्रतिनिधिहरुले आ–आफ्नो पार्टी कार्यक्रतालाई समितिमा राखेर आफ्नो मेसिनहरु चलाएर पैसा कामाउनको लागि बिवाद भएको बताएको छ । भने केही उपभोक्ताहरुलाइ आफ्नो मेसिन प्रयोग गरेपछि योजना सम्झौता गरिदिने भन्दै सम्झौता भएको छ । भने आफ्नो मेसिन प्रयोग नगरेपछि योजना सम्झौता नगरी दिने बताएका छन् ।

अहिले बनगाड कुपिन्डे नगरपालिकामा जनप्रतिनिधिहरुले मात्र महँगो ६ हजार देखि ७ हजार सम्म आफ्ना मेसिन हरुमात्र सन्चालन् गरेका छन् । भने कसैले ४ हजार सम्म मेसिनले काम गरी दिने भन्दा पनि जनप्रतिनिधिका कारण अन्य बाहिर बाट मेसिन ल्याएर काम गर्न दिएको छैन ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     7:55:34 AM  |