20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

दाउरा प्रहार गरी रुकुममा सम्धीेको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४  

रुकुम,१३ फागुन/  दाउरा प्रहारबाट रुकुममा एकजनाको मृत्यु भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ५ झुल्काडाँगीका ४३ वर्षका खलविर डाँगीले दाउरा प्रहार गर्दा सोही ठाउँ बस्ने ५५ वर्षका टिकाराम ओलीको मृत्यु भएको हो ।

डाँगी र ओली सम्धीसमेत भएको खुलेको छ । गत फागुन ९ गते बुधबार राति घरायसी विवाद हुँदा डाँगीले ओलीको टाउकोमा दाउरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

दाउरा प्रहारबाट गम्भिर घाईते भएका ओलीलाई उपचारका लागि मेडिकल कलेज कोहरपुरमा लगिएको थियो । उपचार हुँदाहुँदै उनको आईतबार अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक सुरेन्द्र कुमार स्वाँरले जानकारी दिए ।

दाउरा प्रहार गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । पछिल्लो समयमा रुकुममा कर्तव्य ज्यान, आत्महत्या लगायतका घटनाहरुमा वृद्धि भएको छ ।

-imagekhaar.com

प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४     8:10:28 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *