मिसन संवादाता : कोहलपुर,१३ फागुन/ बाँकेको कोहलपुर नगरपालिका ११ स्थित निम्बल इंग्लिस मिडियम स्कुलको पांचौ वार्षिक उत्सव शनिबार कोहलपुरमा सम्पन्न भएको छ ।
वार्षिक उत्सवको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले पानसमा दियो उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका रावतले उद्घाटन सत्रमा बोल्दै विद्यालयहरुले अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा विशेष अथिति कोहलपुर नगर सरकारका सामाजिक विकास समितिका संयोजक निम बहादुर चलाउनेले सरकारका ३ खम्बा मध्य निजि क्षेत्रपनि एक खम्बा भएकोले निजि विद्यालयहरुको पनि सामाजिक तथा शैक्षिक विकासमा महत्वपुर्ण भूमिका हुने बताए । 
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले थुप्रै गित नृत्य तथा सांकृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । त्यस्तै वार्षिक उत्सवको अवसरमा यस वर्षको उत्कृष्ट शिक्षिका लक्ष्मी भण्डारीलाई सम्मान गरिनुका साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई शिल्ड प्रदान गरिनुका साथै अन्य अतिरिक्र क्रियाकलापमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमाम कोहलपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष गोपी खनाल, बैजनाथ गाउँपालिका वडा नं ३ वडा अध्यक्ष काली बहादुर सिंह, कोहलपुर नगर सरकारका विधान समिति संयोजक भिम बहादुर नेपाली, आर्थिक समिति संयोजक डिल बहादुर परियार,जाजरकोटका पुर्व जिल्ला उपसभापति कृष्ण वि.सी, प्याब्सन बाँकेका सचिव यम रावत, माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने, नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण गौडेल, अभिभावक, शिक्षक विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष निम बहादुरखत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक शान्त वि सीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्