मिसन समाचारदाता : कोहलपुर ६ फागुन/ विकासका लागि सन्चार सम्बन्धी एक दिवसिय कार्यशाला गोष्ठी शनिबार कोहलपुरमा सम्पन्न भएको छ । रेडियो प्रतिबोध एफएमको आयोजना र साझेदारी विकास परियोजनाको सहयोग तथा इन्रुडेक बाँकेको समन्वयमा भएको कार्याशाला गोष्ठीमा रेडियो प्रतिबोध एफ एमका सन्चालक समितिका अध्यक्ष बुद्ध सुनारले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।
त्यस्तै साझेदारी विकास परियोजनाकी मिडिया कोडिनेटर शर्मिला लामाले साझेदारी विकास परियोजनाले गर्ने गतिविधि बारे जानकारी गराएकी थिइन् । साथै रेडियो कार्यक्रम साझेदारीले समुदायमा पारेको प्रभावका बारेमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले प्रतिबोध एफएमले समाज रुपान्तणरको क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।
दलित सेवा संघद्धारा स्थापना गरिएको रेडियो भएता पनि रेडियो प्रतिबोधले सबै वर्ग समुदायको सवालमा कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिरहेकोमा प्रशंसा गरे । त्यस्तै खजुरा गाउपालिका प्रमुख किस्मत कुमार कक्षपतिले स्थानीय सरकार र सन्चार माध्यमको नड. र मासुको सम्बन्ध हुनुपर्ने बताए । बैजनाथ गाउपालिका प्रमुख मान बहादुर रुचालले सन्चार माध्यम राष्ट्रको चौथो अंग भएकाले स्थानीय सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
कार्यक्रममा बाँके राष्टिय निकुन्जका प्रमुख डिल बहादुर पुन जिल्ला वन कार्यलय बाँकेकी सहायक वन अधिकृत ज्योति बिश्वकर्मा ,जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी इन्रुडेकका अध्यक्ष धर्मलाल रोकाय, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि संचारकर्मी लगायतको सहभागिता रहेको थियो .।









प्रतिक्रिया दिनुहोस्