बाँसगढीमा आधारभुत तह स्तरीय खेलकुद प्रतियोगीता सुरु



रावन विश्वकर्मा बर्दिया,३ फागुन/   बर्दियाको बाँसगढीबाट बिकट मानिने राँझा गाँउमा बुधबार देखि आधारभुत तह स्तरीय खेलकुद प्रतियोगीता सुरुभएको छ ।

बाँसगढी नगरपालिका वडा नम्बर २ मा रहेको राँझा हिमाल ईङ्गलिस मिडियम स्कुलको आयोजनामा भएको खेलकुद प्रतियोगीताको वडा नम्बर २ का वडा अध्यक्ष घमण्ड चन्दले उद्घाटन गरेका हुन ।

विद्यार्थीहरुको आन्तरिक क्षमतालाई परस्फुटन सँगै विद्यार्थीहरुको चौतर्फी विकासमा खेलकुदले मदत गर्ने उदेश्यका साथ प्रत्येक वर्ष स्कुलले खेलकुद प्रतियोगीताको आयोजना गर्दै आएको स्कुलका प्रिन्सिपल थलबहादुर वलीले बताए ।

खेलकुद प्रतियोगीताको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयमा हुने यस्ता खालका प्रतियोगीताहरुले विद्यार्थीहरुको पढाईमा जागर आउनुका साथै उनीहरुको शारीरिक स्फुर्तिमा पनि विकास हुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल(नेशनल प्याब्सन) बर्दियाका वरिष्ठ उपाध्यक्ष हेमराज बिसिले नीजि विद्यालयका शिक्षकहरुले थोरै पारिश्रमिक पाएर पनि राम्रो नतिजा ल्याउन सक्नु नै निजि विद्यालयहरुको बिशेषता भएको बताए ।

स्कुलका प्रिन्सिपल थलबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सन बर्दियाका वरिष्ठ सल्लाहाकार सिताराम कार्कि, जनता माबि बेलवाका खेल शिक्षक गुरु प्रसाद पोख्रेल, माधव एण्ड मनिष पुस्तक पसल बाँसगढीका गोबिन्द हमाल लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलाडीहरु, खेलप्रेमी लगायतको सहभागीता रहेको थियो ।

फागुन ४ गते सम्म चल्ने प्रतियोगीतामा छात्र छात्रा भलिबल, कबड्डी, हाईजम्प लम्बलम्प, दौड, सपफुट लगायतका खेलहरु हुने पिन्सिपल वलीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार