कला र राजनराजको प्रस्तुतिमा झुमे दर्शक



कविन्द्र परियार : कोहलपुर २ फागुन/  कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको छैटौ दिन बुधबार रौनकता थपिदै गएको छ ।

महोत्सवको छैठौं दिन आज चर्चित राष्ट्रिय तथा कलाकारहरुले महोत्सवको माहोल तताएका छन् । चर्चित गायिका कला पंगेनी र गायक राजनराज सिवाकोटीको प्रस्तुतिमा थुप्रै दर्शकहरु झुमेका थिए ।

पछिल्लो समयकी कान्छी लोक तथा दोहारी गायिका कलाले मेरो माया ल्याइदिनेलाई पच्चिस हजार बोलको गीतमा थुपै्र दर्शकहरु छमछमी नाचेका थिए । गीत गाउदै दर्शकको छेउमा पुगेपछि प्रहरीलाई भिड नियन्त्रण गर्न हैरान भएको थियो ।

गायक राजनराजको प्रस्तुतिलाई दर्शकहरु निकै मन परादै वान्स मोर भन्न थालेपछि उनीलाई पुन मञ्चमा बोलाईएको थियो । बुधबारकै महोत्सवमा गायक दिपक दाराईले समेत वेजोड प्रस्तुति देखाए मिठो स्वरका धनी गायक दराईले पनिगाउँदा दर्शकहरु गितको तालमै नाचेका थिए ।

त्यस्तै अर्का पछिल्लो समयका युवा वर्गलाई मनपर्नै निकै चर्चित गायक राजन राज सिवाकोटीले कुटुमा कुटु सुपारी दाना , सुर्के थैली खै, पुर्वपश्चिम रेल लगायतका गीतहरु प्रस्तुत गर्दा मेलका थुप्रै दर्शकहरु पसिनै पसिना हुदै नाचेका थिए ।

उनको थुप्रै प्रस्तुतिमा आयोजक पदाधिकारीहरु सहित दर्शकहरु आ–आफ्नो ठाउमा नाचेर रमाएका थिए । यस्तै सुरिलो स्वरका धनी लोक गायक दिपक गरौजाले पनि आफ्ना गितहरु गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न भएको थियो ।

साथै चर्चित नृत्य निर्देशक शंकर विसी र नृत्यङ्गना अञ्जली अधिकारीको आधा दर्जन बढि गितमा नृत्य प्रस्तुत गर्दा दर्शकहरु मज्जैले झुमेका थिए । महोत्सवमा आज विभिन्न स्थानीय कलाकारहरुले पनि महोत्सव हेर्न आएका दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

यस्तै महोत्सको सातौ दिन भोलि लोकदोहारी गायिक राधिका हमाल, गायिका रेश्मा केसी, र हाँस्य कलाकार राजा राजेन्द्र पाख्रेल लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलको संञ्चारकर्मी तथा कुशल उद्घोषक द्धय कोश बहादुर खड्का र शुसिल सापकोटाले उद्घोषण गरिरहेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २ गते बुधबार