डोल्पामा हिमपात सुरु, जनजिवन प्रभावीत



डोल्पा,२९ माघ/  आज दिउसो देखी उपल्लो डोल्पाको अधिकाशं भुभागमा हिमपात सुरु भएको छ ।

आज परेको हिमपातले उपल्लो डोल्पाका शेफोक्सुन्डो, छार्कातागँसोगँ, डोल्पो बुद्ध, जगदुल्ला, काईके लगायतका गाउपालिका संगै तल्लो डोल्पाका केही स्थानमा पनि हिमपात सुरु भएको हो । आज बिहान देखिको हिमपातले उपल्लो डोल्पाको जनजिवन प्रभावीत भएको छ ।

आज बिहान बादल लागेपनि दिउसो १ बजे देखि उपल्लो डोल्पामा हिपाात भएको छ भने, तल्लो र मध्य डोल्पामा हिमपात हुने सम्भावना बढेको छ । यसैविच आजको हिमपातले डोल्पा जिल्लाका किसानमा खुसी छाएको छ ।

फागुन पहिलो साता देखि कृषक खेतबारीमा बाली नाली लगाउने समय भएकोले कृषक खुसी भएका हुन् । डोल्पा जिल्लामा यो समयमा विशेष गरी स्याउका विरुवा रोप्ने गरिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २९ गते सोमबार