काठमाण्डौ,२९ माघ/ म्यान्चेष्टर युनाइटेड रेलिगेशन जोनको न्यू क्यासल युनाइटेडसँग पराजित भएको छ ।
न्यू क्यासलको मैदानमा भएको खेलमा दोस्रो स्थानमा रहेको युनाइटेड १–० ले पराजति भएको हो । गएको अक्टोबरदेखिकै न्यू क्यासलको यो आश्चर्यको जित हो ।
म्याट रिचीको दोस्रो हाफको गोल निर्णायक बन्दा युनाइटेडले न्यू क्यासलबाट पराजय भोगेको हो । हारसँगै युनाइटेडले शीर्ष स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी घटाउने मौका पनि गुमाएको छ ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६५ औं मिनेटमा रिचीले गोल गरेका थिए । रेलिगेशन क्षेत्रबाट उम्किने प्रयासमा रहेको न्यू क्यासलले महत्वपूर्ण तीन अंक जोड्दै २५ अंकसहित १७ औं स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति : २०७४ माघ २९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्