आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा यूएईद्वारा नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत



काठमाडौं,२८ माघ/  आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा यूएईले नेपालसामू ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

ओसिलो मौदानका कारण झण्डै तीन घन्टा ढिला सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो । युनाइटेड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।

नेपालका सोमपाल कामीले ४ विकेट लिँदा सन्दीप लामिछाने ३ विकेट हात पारे । पारस खड्काले २ विकेट लिए भने करण केसीले प्रतियोगिताकै पहिलो विकेट हात पारे ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २८ गते आइतबार