कोहलपुर,१५ माघ/ कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाईनल चरणका खेलहरु सुरु भएका छन । जिल्लाकै सार्वा्िधक पुरस्कार राशीको उक्त प्रतियोगिता अन्तर्गत आईतबारबाट सेमिफाईल चरणका खेलहरु सुरु भएका हुन ।
आईतबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा विजयी हुँदै वागेश्वरी एकेडेमी कोहलपुर फाईनल चरणमा प्रवेश गरेको छ । कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिभुवन मा.वि. कोहलपुरलाई ८४ रनले पराजित गर्दै वागेश्वरी एकेडेमीको टिम फाईनल चरणमा प्रवेश गरेको
हो ।
टस जितेर मैदानमा उत्रिएको वागेश्वरी एकेडेमीले ६ विकेटको क्षतीमा १ सय ६६ रनको योगफल तयार पारेको थियो । ठुलो स्कोर खडा गर्ने क्रममा वागेश्वरी एकेडेमीका खेलाडी दिपेन्द्र रावतले अर्धशतकिय पारी खेलेका थिए ।
उनले प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्दै ६२ रन जोडेका थिए भने अनुराग वलीले ३६, करन यादवले २५ र सशंक थापा मगरले १७ रन जोडेका थिए ।
१ सय ६७ रनको ठुलो लक्ष्य पछ्याएको त्रिभुवन मा.वि. ८२ रनमै समेटीएको थियो । त्रिभुवनलाई सस्तैमा समेट्ने क्रममा वागेश्वरी एकेडेमीका आयुश्मान बस्नेत र प्रकाश गाहा मगरले समान २÷२ विकेट लिएका थिए । प्रतियोगितामा प्रथम अर्धशतकीय पारी खेलेका वागेश्वरी एकेडेमीका दिपेन्द्र रावत म्यान अफ द म्याच घोषित भए ।
यसैबिच आईतबार नै सम्पन्न दोस्रो खेलमा तक्षशिला एकेडेमी विजयी भएको छ । आईडल पब्लिक स्कुललाई ९ विकेटले पराजित गर्दै तक्षशिला एकेडेमी विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको आईडलले निर्धा्िरत २० ओभरमा सबै विकेट गुमाउँदै ६८ रन जोडेको थियो । आईडल पब्लीकका खेलाडीहरुको ब्याटिङ लाईन धराशायी बनाउने क्रममा तक्षशिलाका बलरहरु समान्त शाही, सन्जीब आर.सी., लक्ष्मण सिंह र युवराज शर्माले समान २÷२ विकेट लिएका थिए ।
६९ रनको झिनो लक्ष्य पछ्याएको तक्षशिला एकेडेमीले ९ दशमलव १ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । तक्षशिलाका खेलाडी समन्त शाही (३८) र युवराज शर्मा (१५) ले विस्फोटक पारी खेलेका थिए । खेलमा २ विकेट लिदै सर्वा्िधक रन बनाउने समान्त शाही म्यान अफ द म्याच घोषित
भए । कारण थप एक दिन प्रतियोगिता लम्बीएको प्रतियोगिताका थियो ।









प्रतिक्रिया दिनुहोस्