नेपालगञ्ज,१४ माघ/ आज महोत्सवमा सहभागी हुन चर्चित आधुनिक गायिका अञ्जु पन्त आउने भएकी छन ।
साँस्कृतिक उपसमितिका संयोजक श्याम सुन्दर अधिकारीका अनुसार आइतबार पन्तका अलावा लोकदोहोरी गायक बसन्त लम्साल तथा गायीका कला लल्साल महोत्सवमा आउने भएका छन् ।
त्यसैगरी चर्चित नृत्याङ्गना खुश्बु खड्काले रोचक प्रस्तुती दिने कार्यक्रम रहेको संयोजक अधिकारीले जानकारी गराएका छन् ।
महोत्सवमा स्थानीय कलाकारहरुले समेत आप्mनो प्रस्तुती दिने भएका छन । त्यसैगरी आइतबारबाट १ लाख नगद पुरस्कारको राही मार्ड डान्स प्रतियोगिता समेत संचालन हुने भएको छ ।
प्रकाशित मिति : २०७४ माघ १४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्