कोहलपुर,१४ माघ/ बाँकेको कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा चन्द्रमेवालाल स्कुल ८६ रनले विजयी भएको छ ।
टस जितेर सेन्ट थोमसका विरुद्ध मैदानमा उत्रिएको मेवालालले ५ विकेटको क्षतिमा १ सय ५९ रनको योगफल तयार पारेको थियो । ठुलो स्कोर खडा गर्ने क्रममा मेवालालका खेलाडी ईम्तीयाज अन्सारीले ४७, अफताव अन्सारीले ३७ तथाफिरोज अन्सारीले २१ रन जोडेका थिए ।
१ सय ६० रनको ठुलो लक्ष्य पछ्याएको सेन्ट थोमसले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनमै समेटिएको थियो । सेन्टलाई सस्तैमा समेट्ने क्रममा मेवालालका अफताव अन्सारी र मोनिस राईले समान २÷२ विकेट लिएका थिए ।
प्रगितोगिताको म्यान अफ द म्याच मेवालालका खेलाडी अफताव अन्सारी घोषित भए । प्रतियोगिता अन्तर्गत शनिबार मौसम खराबीका कारण तक्षशिला एकेडेमी र आइडीयल पब्लिक बीचको खेल प्रभावित भएको थियो ।
उक्त खेल आज खेलाइने आयोजकले जनाएको छ । आगामी १५ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत आज आईडल पब्लिक स्कुल र तक्षशिला एकेडेमी बीच पहिलो खेल हुने छ भने दोस्रो खेलमा श्रीचन्द्र मेवालाल स्कुलले नेपालगन्जको थोमस स्कुलको सामना गर्ने आयोजक मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ । प्रतियोगितामा बिजयी हुने टिमले २१ हजार तथा उप–विजेताले ११ हजार नगद प्राप्त गर्ने छ ।









प्रतिक्रिया दिनुहोस्