निभ्यो गोलपार्क उज्यालो गर्ने मानव दियो



कोहलपुर,६ माघ/   कोहलपुर नगरपालिका –११ मा रहेको गोलपार्क धेरै मानिसहरुको ‘मुड फ्रेस’ गर्ने , आराम गर्ने तथा जाडोको समयमा पारिलो घाम ताप्ने स्थानको रुपमा चिनिन्छ । यस्तो स्थानलाई सफा –सुग्घर राख्न कुनै निकाय तथा अन्य व्यक्ति–समुदायको ध्यान कहिल्यै पुग्न सकेन ।

तर हातमा हँसिया लिएर त्यही गोलपार्कलाई सधै सफा गरिरहने ७८ वर्षिय बलभद्र सापकोटाको यही माघ ४ गते बेलुका निधन भएको छ । उनको निधनले गोलपार्क सफा गर्ने एक वृद्ध अभियान्ताको निधन मात्र भएको छैन गोलपार्कको मानव रुपी दियो निभेकोछ ।

स्व. सापकोटाले गोलपार्कको चारै तिर उम्रेको झारपात साट्ने,उखेल्ने , सफा गर्ने, गर्नुको साथै गोलपार्क वरिपरी रहेको विरुवाहरुमा आफ्नो घरबाट पानी लिएर हाल्ने समेत गर्दथ्ये । हाल गोलपार्कको दक्षिण पट्टि रहेका हरियाली केही विरुवाहरु उनकै हेरचाह र संरक्षणमा हुर्किरहेका थिए । अब ती विरुवाहरुले पनि आफ्नो संरक्षकत्व गुमाएका छन् ।

बर्दिया डेउडाकला–५ का सापकोटा कोहलपरमा घर बनाएपछि बि.स. २०७१ सालदेखि गोलपार्क नजिकै बस्तै आएका थिए । सानै देखि कृषि पेशा गर्दै आएका सापकोटा त्यतिकै बसिरहन मन पराउँदैन्थ्ये । उनले आफ्नो नजिकै रहेको गोलपार्कमा मानिसहरु आएर बस्ने तर चारैतिर झारपात , फोहर देखेर यहाँ बस्न आउने मानिसहरुलाई पनि सफा,सुग्घर र समनिय ठाउँमा बसेको जस्तो नहुने अवस्था देखेर उनले सफा गर्ने अभियानमा लागेको उनकाी नातिनी रिमा सापकोटाले बताइन् ।

एक वर्ष अघि पत्रकार भीम रावतले तिनै सापकोटासँग साक्षात्कार गरेको स्मरण गर्दै भने ‘ मैले करिब एक वर्ष अघि हातमा हँसिया लिएर गोलपार्कको दक्षिणपट्टिको पेटीमा उम्रेको घाँस काटिरहेको देखेर नजिकै गएर बुवा बस्नोस् भने र बुवा बसे पछि सोधे किन यो सफा गरिरहनु भएको छ ? त्यसको प्रतिउत्तरमा उनल,े यहाँ मानिसहरु आएर बस्छन् तर सबैतिर झारजंगल छ , उनीहरुलाई पनि सफा ठाउँमा बस्न मन लाग्छ होला त्यसैले सफा गरिदिएको हो बावु , ।

उनले त्यस बेला मलाई भने, बावु म भोली मरेर गएँ भने पनि यहाँ आज देख्ने तपाइहरु जस्ताले यहाँ एक बुढाले सधै सफा गर्दथ्ये कता गएछन् भनेर सम्झिनु होला नि , त्यति भएनि मेरो आत्मले शान्ति पाउछ ’ ।

समाजका सबैले असल मानिस भनेर भन्ने स्व. सापकोटालाई गोलपार्क सुधार समितिले गोलपार्क सफा गर्ने अभियान्ता कै रुपमा रु १० हजार नगर र प्रमाण पत्र सहित सम्मान गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार