कविन्द्र परियार : कोहलपुर,५ माघ/ कोहलपुर नगरपालिका —८ पिपिरीमा युवा नेतृत्वको लागि उद्घोषण विषयक ३ दिने तालिम विहिबार देखि सुरु भएको छ ।
तालिमको कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा कोहलपुर नगरपालिका वडा नं १० का अध्यक्ष निम बहादुर चलाउनेले उद्घाटन गरेका थिए ।
जिल्ला स्तरीय युवा समुह , समाज सेवा संस्था हवलदारपुरको आयोजना र ईन्सेक नेपालगञ्जको र क्यान्भास बोडिङ स्कुल पिपिरीको समन्वयमा तालिम सञ्चालन भएको हो । तालिममा प्रशिक्षक भोला महत,विनोद थापा,विनय दिक्षित लगायतले प्रशिक्षण दिएका छन् ।
तालिमको उद्घाटन सत्रमा कोहलपुर नगरकार्यपालिका सदस्य भिम बहादुर नेपाली,वडा सदस्य पे्रम बहादुर बि.क जस चदारा,ईन्द्रा सुनार,सरस्वती आधारभुत विद्यालय पिपिरीका प्रधानाध्यापक वेग बहादुर थापा, क्यान्भास बोडिङ स्कुल पिपिरीकी प्रिन्सिपल अस्मिता पुन लगायतको राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तालिममा कोहलपुर नगरपालिका र जानकी गाउँकाका गरी २० जनाको सहभागीता रहेको छ ।









प्रतिक्रिया दिनुहोस्