कोहलपुर, ४ माघ/ एशियन लाईफ ईन्सोरेन्स कम्पनीले बुधबार मृत्यु दावीको भुक्तानी कार्यक्रम कोहलपुरमा सम्पन्न गरेको छ ।
गत असारमा आगोले जलेर मृत्यू भएका बैजनाथ २ का पवन थापाका परिवारलाई चेक मार्फत भुक्तानी गरेको हो ।
कोहलपुर नगरपालिका उपप्रमुख संञ्जु चोधरीले स्वर्गिय पवन थापाकी आमा पुर्ण कुमारी थापालाई रु १० लाख २३ हजार ५ सय रुपैयाको चेक हस्तातरण गरेकी थिइन् ।
कार्यक्रममा उपप्रमुख संञ्जु चोधरी कोहलपुर नगरपालिका वडा नं—१५ का वडा अध्यक्ष पतिराम थारु ,एशियन लाईफ ईन्सोरेन्स नेपालगञ्ज शाखा प्रबन्धक तिलक बहादुर के.सी लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम जेष्ठ नागरिक राम किसन थारुको सभापतित्वमा सम्पन्न भएको थियो । कोहलपुर शाखाकी प्रमुख खुमा बुढाले कार्यक्रको संचालन गरेकी थिइन ।
प्रकाशित मिति : २०७४ माघ ४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्