
नेपाल प्रहरीको दंगा नियन्त्रण गणका प्रहरी उपरिक्षक केदार रजौरे, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगर, नेपालगन्जका सशस्त्र प्रहरी उपरिक्षक फणिन्द्रराज पौडेल, औद्यागिक सुरक्षा गण बाँकेका सशस्त्र प्रहरी उपरिक्षक शैलेन्द्र भण्डारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्याल लगायतका सुरक्षा निकायका प्रमुखहरुले महोत्सवमा पूर्ण सुरक्षाको प्रत्याभुती गरिने प्रतिबद्धता जनाए । सो अवसरमा ट्राफिक व्यवस्थापन मजबुत बनाउने बिषयमा छलफल भएको थियो ।
सो अवसरमा बोन्दै महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले महोत्सवमा सुरक्षाको बिषयमा सुरक्षा निकायसंग निरन्तर सम्पर्क र समन्वय गरिने बताए । उनले सुरक्षाका बिषयमा कुनै सम्झौता नगरिने पनि बताए । अध्यक्ष बैश्यले महोत्सवस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सिसि टिभी क्यामेराबाट निगरानी गरिने उल्लेख गरे । बैश्यका अनुसार त्यसका लागि महोत्सवस्थलमा दुई दर्जन बढि सिसि टिभी जडान गरिएको पनि जानकारी दिए ।
प्रकाशित मिति : २०७४ माघ ३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्